Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर आएर केपी ओलीले भने- कोशीमा एमालेको सरकार बन्छ



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बनाउने दाबी गरेका गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमालेले बहुमत पुर्याएर सरकार चलाउने बताए ।

नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा बताए । माओवादीले संविधान मान्दिन भन्दा अनौठो नभएको कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा आफु अचम्ममा परेको उनले बताए ।

‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो, अहिले पनि मानेको छैन, उनले भने, ‘तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

एमालेले अब ५० जना भन्दा बढीको सांसदको समर्थनमा सरकार बनाउने ओलीको दाबी छ । उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ । ४७ होइन, ५० भन्दा माथि जान्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार