Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा गठबन्धनले संविधानको ठाडो उल्लंघन गर्यो : योगेश भट्टराई



विराटनगर : नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुखलाई हस्ताक्षर गर्न लगाएर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

गठबन्धनले कोशी प्रदेशमा संविधानमाथि पटकपटक निर्घात आक्रमण गरेको बताउँदै उनले उक्त कदमको नेकपा एमालेले घोर भत्र्सना गर्ने बताए ।

उनले भने, ‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालत असंवैधानिक भन्यो । फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले निर्णायक भयो भनेमात्रै मत दिने हो । आफै सभामुखको कुर्सिमा बसेर आफैं मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो ।’

उनले आफैँले बनाएको संविधान रक्षा गर्ने र अगाडि बढाउने दायित्व नभूल्न आग्रह गरे । कोशीको घटना नेपालको इतिहासमा निन्दनीय भएको उनको टिप्पणि थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार