Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धनले कोशी प्रदेशमा गलत नजिर स्थापित गर्न खोज्यो : नेम्वाङ



विराटनगर : नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशमा सत्ता गठबन्धनले गलत नजिर स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि नेम्वाङले गठबन्धनको कमद गलत भएको बताए ।

पूर्वेलीप्रेससँग कुराकानी गर्दै उनले भने, ‘हामीले त्यत्रो मेहनत गरेर राम्रो संविधान बनाएका छौँ तर त्यही संविधान बनाउन सहयोग गर्नेहरुले आज राम्रोसँग पालना गरिरहेका छैनन्, यो गलत हो ।’

सोमबार प्रदेशसभाको सभाअध्यक्ष इस्राइल मन्सुरीले विवादित ढंगबाट सरकारलाई विश्वासको मत दिएपछि एमाले अदालत जाने तयारीमा छ ।
प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।

अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको छ । कोशीमा यो बहुमत संख्या हो । बिपक्षमा ३० मत परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार