Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले महासचिवको टिप्पणीः कोशीमा गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लियो



विराटनगर : नेकपा एमालेका महासचिव शंखर पोखरेलले कोशी प्रदेशमा गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको आरोप लगाएका छन् ।

सोमबार प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि पोखरेलले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अव भन्नै पर्ने भो– अव त अति भयो ।’

पोखरेलले संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेपनि गठबन्धनले त्यसको गलत प्रयोग गरेको आरोप लगाए । विश्वासको मत लिने सन्दर्भमा सत्ता गठवन्धनले संविधानको हुर्मत लिने काम गरेको उनको टिप्पणी छ ।

सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उल्लंघन भएको उनले लेखेका छन् । ‘जवकी संविधानले वरावरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ । यसरी पटक पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एक स्वरमा भनौ – इनफ इज इनफ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार