Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुखको अनुपस्थित अस्वभाविक : हिमाल कार्की



विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आजको प्रदेशसभामा उपसभामुख सिर्जना दनुवारको अनुपस्थित अस्वभाविक रहेको बताएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्ने बताए ।

आफैंले बोलाएको बैठकमा आफैं उपस्थित नहुनु उपसभामुखको असंसदीय अभ्यास भएको उनले बताए। जिम्मेवार राजनीतिक दलकै व्यवहारका कारण संसदीय व्यवस्थाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको कार्कीले बताए।

उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन प्रतिपक्षी एमाले, राप्रपासहितका दलका प्रदेशसभा सदस्यलाई आग्रहसमेत गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार