Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश: बैठक सञ्चालन गर्ने मन्सुरीले भोट हालेर थापाको पक्षमा बहुमत पुर्याउने



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

गठबन्धनले नयाँ रणनीति अपनाएर आजै विश्वासको मत लिन लागेको हो । विपक्षी एमाले र राप्रपाले मत पुग्न नदिन उपसभामुख र आफ्ना केही सांसदलाई अनुपस्थित गराउने भएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो ।

माओवादी सांसद तथा पूर्वमन्त्री दुर्गा चापागाईंले सरकारले आजै विश्वासको मत लिने निर्णय भएको बताए ।

तपाईंहरुको पक्षमा बहुमत पुग्ने अवस्था देखिँदैन नि, भन्ने प्रश्नमा उनी भन्छन्, ‘उहाँ (इस्राइल मन्सुरी) पनि भोट हाल्नुहुन्छ ।’

आजको प्रदेशसभा बैठक कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन् । उनलाई समेत मत हाल्न लगाएर गठबन्धनले विश्वासको मत लिन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार