Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापाका दुई पालिका प्रमखुले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई दिए कार्यबहाक



क्रमशः कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा

विराटनगर : स्थानीय सरकार सञ्चालन ऐन विपरीत झापामका दुई पालिकाका प्रमुखले वडाअध्यक्षलाई कार्यवाहक दिएको पाइएको छ ।

झापाको शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले स्थानीय सरकार सञ्चालन ऐन विपरीत वडा अध्यक्षलाई कार्यबहाकको जिम्मेवारी प्रदान गरेका हुन् ।

जापानको कृषि प्रणालीको अवलोकनका लागि जापान जाने भएपछि उनीहरुले कार्यबहाक दिएका हुन् । झापाको शिवसताक्षीसँगै कमल गाउँपालिका, गौरादह र गौरीगन्ज नगरपालिकाका मेयर पनि जापान भ्रमणमा गएका छन्।

थोप्राले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका छन् । त्यहाँ उपप्रमुख नरमाया कार्की हुँदाहुँदै वडा अध्यक्षलाई जिम्मेवारी दिइएको हो ।

थोप्रा र कार्की एमालेबाट निर्वाचित भएका हुन् । आफ्नै पार्टीको उपप्रमुख भएपनि आन्तरिक मतभेदका कारण थोप्राले कार्कीलाई कार्यबहाक नदिएर वडा अध्यक्षलाई दिएका हुन् ।

यस्तै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईले उपाध्यक्ष हुँदाहुँदै वडा नं. २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

उपाध्यक्ष प्रमिला नेउपाने तिवारी कार्यालयमा दैनिक उपस्थित रहेपनि राईले उनलाई कार्यबहाक जिम्मेवारी नदिएर वडा अध्यक्षलाई दिएका हुन् ।

नेपाली कांग्रेससबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित वडाध्यक्ष सुब्बालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका हुन् । उपाध्यक्ष तिवारी भने नेकपा एमालेबाट निर्वाचित भएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ (क) अनुसार अध्यक्ष वा प्रमुखको कायम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थाको बुँदा नम्बर १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै पनि सदस्यलाई कार्यभार दिने भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार