Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा मन्त्री बन्दै कांग्रेसका गयानन्द मण्डल



विराटनगर : नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले उनलाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण हुमागाईंले मण्डल आजै मन्त्री नियुक्त हुने जानकारी दिए ।

स्रोतका अनुसार उनले उद्योग,कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ बाट निर्वाचित भएका मण्डल प्रदेशसभा जेष्ठ सदस्यसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार