Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तस्बीरमा लोदेन



ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ लोदेन क्षेत्र । यहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरीले छुट्टै आनन्द दिलाउँछ ।

लोदेन पुग्न सदरमुकाम फुङलिङबाट दुई दिन जति लाग्छ । लोदेन क्षेत्रमा करिब ९५ भन्दा बढी पोखरीहरु छन् । यसलाई पोखरीहरुको राजधानी भन्दा पनि फरक नपर्ला । जैविक विविधता, हिमाल, पहाड, झरना, फाँट, सिरसिर चल्ने शितल पवन, राइनी र बुकीसहित रंगीन फूल, बास्ना सबैको संगम हो लोदेन । धार्मिक तथा पर्यटकीय दुवै हिसाबले सम्भावना बोकेको पापुङस्थित तोक्पेगोला र लोदेन क्षेत्र प्रचारप्रसारको कमीले ओझेलमा छ ।

यस क्षेत्रमा बसोबास गर्न मानिसहरुको मुख्य पेशा भनेको पशुपालन हो । यहाँका बासिन्दाले गाई, याक तथा चौरी पालेर जीवनयापन चलाउँछन् ।

जिल्लाको सदरमुकामबाट लोदनसम्म पुग्नका लागि पैदल यात्रा गर्नुपर्छ । सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म भने सवारीसाधन नियमित चल्छन् । शेर्पा समुदायको बाक्लो बसोबास रहेको लोदेनमा शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झँै लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभाष हुने गर्छ ।

समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा पोखरीले भरीभराउ छन् । लोदेनसहित पापुङमै पर्ने तोक्पेगोला सहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रुपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनाम जस्तै बनेको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएका हेमराज निरौलाले बताउँछन् । निरौला लोदेन सहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्ष यतादेखि निरन्तर लाग्दै आएका छन् ।

May be an image of mountain and fog

May be an image of mountain, lake and crater

May be an image of lake, crater and mountain

May be an image of crater, mountain and lake

May be an image of mountain, fog and crater

May be an image of mountain

May be an image of breadstick and baguette

May be an image of musk ox

May be an image of mountain, lake and crater

May be an image of crater, mountain and Machu Picchu

May be an image of musk ox

May be an image of musk ox

May be an image of crater, mountain, lake and fog

May be an image of lake and grass

May be an image of crater, mountain and lake

May be an image of 1 person, Machu Picchu, mountain and crater

May be an image of crater, lake and mountain

तस्बीरहरु : हेमराज निरौला

प्रतिक्रिया
सम्बन्धित समाचार