Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने



विराटनगर : कोशी प्रदेशसभाको बैठक भदौ १ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि समाभुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरेका थिए ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । उपसभामुख सिर्जना दनुवारले अब सभा सञ्चालन गर्नेछिन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै बैठकको जानकारी गराएका हुन् । यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।

Koshi Pradesh

प्रतिक्रिया
सम्बन्धित समाचार