Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बन्दै



विराटनगर : कोशी प्रदेशमा जनता समाजवादी पार्टीकि एक्ली सांसद निर्मला लिम्बू मन्त्री बन्ने भएकि छिन् ।

शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री उद्धव थापाले लिम्बूलाई मन्त्री बनाउने बताएका थिए ।

उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

मुख्यमन्त्री थापाले कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपछि जसपा सरकारमा जाने भएको हो ।

लिम्बू हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार