विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं मोरङ जिल्ला अधिवेशन आगामी भदौ ९ गते हुने भएको छ ।
१८ साउनमा पथरीशनिश्चरेमा बसेको जिल्ला कमिटीको बैठकले भदौ ९ गते सुन्दरहरैँचास्थित जेसिस भवनमा नवौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
उक्त अधिवेशनले जिल्लामा नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अहिलेसम्म अध्यक्षका लागि हालका संयोजक प्रविन घिमिरे प्रमुख दाबेदारी देखिएका छन् ।
घिमिरेले पनि आफू अध्यक्षको आकाङ्क्षी भएको बताए । उनले भने, ‘हेटौंडा महाधिवेशने मलाई जिल्ला संयोजक बनाएर पठाएको हो । साथीहरूले पनि फेरि मलाई अध्यक्ष हुनुपर्छ भनिरहनु भएको छ । एउटा आकांक्षी चाहिँ म पनि हो । अहिलेसम्म अरु साथीहरूले म पनि उठ्छु भनेर कसैले भन्नुभएको छैन् ।’