Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा पहिचानवादीको आन्दोलन भनेर एमालेमाथि आक्रमण गर्न खोजियो : नेम्वाङ



विराटनगर : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशीमा पहिचानवादीको आन्दोलन भनेर एमालेमाथि आक्रमण गर्न खोजिएको बताएका छन् ।

शनिबार एमाले निकट किराँत समुदायका अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेम्वाङले कोशीमा पहिचानको आन्दोलन गर्नेहरूको उद्देश्य किरात राज्य स्थापना गर्ने नभएर एमालेमाथि आक्रमण गर्ने रहेकाले उनीहरू सफल हुन नसकेको बताए ।

कोशीमा एमाले सरकार ढलिसकेको स्मरण गराउँदै उनले भने, ‘पहिचानवादीहरूको उद्देश्य किरात प्रदेश नामकरण हो भने अब कांग्रेस र माओवादीलाई नाम फेर्ने प्रस्ताव दर्ता गराए भयो नि त !’

एमालेका नेता कार्यकर्तामाथि छानीछानी आक्रमण गर्न खोजिएको भन्दै उनलेे पहिचानवादीहरूलाई चुनाव जितेर किरात प्रदेश नामकरण गर्न चुनौती समेत दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार