विराटनगर : एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई पछिल्लो समय साथ छाड्नेहरुको संख्या बढ्दै गएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता एमाले फर्किने क्रम अहिले देशभर जारी छ ।
शनिबार मात्रै सिन्धुपाल्चोकमा सयौं एसका नेता कार्यकर्ता एमाले फर्किएका छन् । माधव नेपालले पार्टीलाई क्लब जस्तो बनाएको आरोप लगाउँदै दुई जना केन्द्रीय सदस्यसहित सयौं नेता एमाले फर्किएका हुन् ।
केन्द्रीय सदस्य सुवास कर्माचार्य र उपेन्द्र तामाङसहितका नेतालाई एमाले महासचिव शंकर पोखरेल, बागमती इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटालगायतका नेताले पार्टीमा स्वागत गरेका हुन् ।
कर्माचार्यले एमाले प्रवेश गर्ने हल्ला थाहा पाएपछि हिजो बसेको नेकपा एसको बैठकले उनलाई पार्टीबाट कारबाही गरेको थियोे ।