विराटनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस कमिटीको २६ औँ सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न सम्मेलनबाट क्याम्पस कमिटीको अध्यक्षमा केशव भण्डारी सर्वसम्मत चयन भएका छन् ।
सम्मेलनबाट रोमन्स खवास, रिन्कु चौधरी र माधव पासवान उपाध्यक्षमा चयन हुँदा सार्थक घिमिरे सचिव भएका छन् ।
यस्तै सहसचिवमा दिपेश पोखरेल, बोनिसा दाहाल, जुनेश नेपाल र किशन ठाकुर चयन भएका छन् । जिया घिमिरे कोषाध्यक्षमा सर्वसम्मत चयन भएकि छिन् ।
सम्मेलनले भण्डारीको नेतृत्वमा ५१ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो ।