Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा तीन मन्त्री नियुक्त, सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री



क्रमशः बाबुराम गौतम, प्रदीप सुनुवार र कमलप्रसाद जगेवु

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले पहिलो चरणमा जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्दा कांग्रेसका प्रदीप सुनुवार खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री नियुक्त भएका छन् ।

नियुक्त भएका तीन जनामध्ये सुनुवार जगेबु यसअघि पनि थापा नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री बनेका थिए । सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै बदर गरिदिएपछि उनीहरु विनाविभागीय भएरै विदा भएका थिए ।

चार सदस्सीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिएका थापाले विश्वासको मत लिएपछि मात्रै अन्य मन्त्री थप गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार