Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार : कार्की 



विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले प्रदेशको स्थायित्वको लागि भए पनि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै कार्की मुख्यमन्त्रीमा पुनर्बहाली भएका छन् । प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने कार्कीको भनाइ छ ।

प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले सँगै सरकार बनाएर जान सक्ने र त्यसका लागि एमाले तयार रहेको कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार