Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीमा कार्कीको पुनर्वहालीसँगै मन्त्रीहरु शुक्रबार मन्त्रालय जाने



विराटनगर : कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीका रुपमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको पुनर्वहाली भएसँगै उनी शुक्रबार विराटनगर आउने भएका छन् ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै अब कामचलाउ सरकारको जिम्मा पुनः हिम्मतकुमार कार्कीले पाएका हुन्। अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री पुनर्वहाली हुनेछन् ।

कार्कीको पुनर्वहालीसँगै उनी मुख्यमन्त्री रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरु पनि मन्त्रालय जाने तयारीमा छन् । कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले शुक्रबार आफूहरू मन्त्रालय जाने तयारीमा रहेको पूर्वेलीप्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार