Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हेर्दाहेर्दैमा कोशी सरकारविरुद्धको रिटको सुनुवाइ



विराटनगर : कोशी सरकारविरुद्ध परेका रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । मंगलबारदेखि उक्त रिट पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

अदालतले यो रिटका लागि तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासबाट रिटमाथि बहस भइरहेको छ ।

अब बुधबार रिटमा सुनुवाइ हुने छ । सम्भवतः बुधबारनै फैसला आउने सम्भावना रहेको छ ।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर रिट दायर गरेको थियोे ।

यसअघि न्यायाधीश सपना मल्लको इजलासले रिटमा सुनुवाइ गर्दै विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार