विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन्।
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन्।
उनले कुन लेबल र ढंगबाट सेटिङ भएको भन्ने कुरा अनुसन्धानपछि थाहा हुने बताए । उनले भने, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्।’
यस्तै उनले प्रदेश संरचनाको ‘रेक्टोफिट’ गर्नु आबश्यक रहेको बताएका छन् । लामिछानेले अहिलेकै अवस्थाको प्रदेश संरचना काम नलाग्ने भएका कारण प्रदेश संरचनाको रेक्ट्रोफिट आबश्यक रहेको बताएका हुन्।
लामिछानले अहिलेकै अवस्थामा प्रदेशको संरचना राखिराखे धेरैसमय प्रदेश नटिक्ने स्पष्ट पारे । उनले भने‘अहिलेकै अवस्थामा प्रदेश संरचना रहिरहे धेरै समय टिक्दैन ।’