विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले प्रदेश संरचनाहरु विश्वसनीय नहुँदा चौतर्फी आलोचना भइरहेको बताएकी छिन् ।
शुक्रबार काठमाडौंको चन्द्रागिरीमा आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश संरचनाहरू जनतामाझ विश्वासनीय हुन नसकेको बताइन् ।
कोशी प्रदेशमा अहिले विशिष्ट अवस्था रहेको बताउँदै उनले जनताले पनि प्रश्न उठाउन थालेको बताइन् । ‘कोशीमा केही विशिष्ट अवस्था छ। प्रदेशहरूमा जनताको आवाज उठ्न थालेको छ’, उनले भनिन्, ‘परिवर्तनका लागि पटक पटक बलिदान भएको छ। प्रदेशहरू अझै जनताबीच विश्वासनीय हुन सकेनन् ।’
विकास र जनताका काममा प्रदेशसभाका सभामुख र उपसभामुख जोडिन नसकेको बताइन् ।