विराटनगर : नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएकाले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ओली कम्बोडिया गएका हुन् ।
यस्तै ओलीले संसदीय दलको उपनेता रहेका सुवास नेम्वाङलाई दलको नेताको जिम्मेवारी दिएका छन् ।
ओलीसँगै उनकी पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत कम्बोडिया गएका छन् ।
अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कनेछन् ।