विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सचिवालय प्रमुखमा केदारबहादुर अधिकारी मनोनीत भएका छन् ।
नेपाल सरकारका पूर्वसचिव समेत रहेका अधिकारीलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सचिवालय प्रमुखमा मनोनीत गरेका हुन् ।
सरकारी सेवापछि अधिकारी राप्रपा प्रवेश गरेका थिए । उनी राप्रपा केन्द्रीय सदस्य समेत छन् ।