Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, जबेगु र सुनार मन्त्री नियुक्त



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले दुई जना मन्त्री नियुक्त गरेका छन् । शपथ लिने तयारी गरेका छन् । नेकपा एसबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवारलाई उनले नियुक्त गरेका हुन् ।

नियुक्त भएका मन्त्रीलाई नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।

माओवादी केन्द्रले भने मन्त्रीको नाम पठाएको छैन् । मन्त्री छनोटका लागि छलफलमा भएपनि माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने स्रोतले बतायो । आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

सरकार गठनका लागि समर्थन गरेको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएको छ ।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार