Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश : अर्को सरकार नबनेसम्म अहिलेकै सरकारको निरन्तरता



विराटनगर : प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (३) कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका ४० जना सांसद र राप्रपाका ६ जना गरी ४६ जना सांसदले समर्थन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २८, माओवादी केन्द्रका ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४३ जना सांसदले विपक्षमा मतदान गरे । आजको मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए ।

मतदानमा सहभागी नहुने निर्णय गरेको जसपाकी एक्ली सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित थिइन् ।

यस्तै विपक्षी गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक/एक जना सांसद पनि मत विभाजन प्रक्रियामा सहभागी भएनन् । उनीहरु प्रदेशसभा बैठकमा सहभागी भएर पनि बाहिर निस्किएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार