विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावमा उठेका विषयमा जवाफ दिने भएका छन् ।
बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो । प्रदेशसभाको बैठक अहिले ११ बजेबाट बस्दैछ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले विश्वासको मत सम्बन्धि प्रस्तावमाथि छलफलमा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने कार्यसूचि रहेको बताए । उनका अनुसार विश्वासको मत सम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ ।
