Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजीनामा दिन मुख्यमन्त्रीलाई कांग्रेसको आग्रह



विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै उनले मुख्यमन्त्रीको राजीनामा मागेका हुन् ।

सरकारले गरेको काममा समर्थन जनाउँदा आफूलाई कांग्रेसकै सांसदहरुले मुख्यमन्त्रीसँग सेटिङमा गरेको आरोप लगाएको उनले बताए । उनले आफूहले कसैसँग सेटिङमा नगएको प्रस्ट पारेका छन् ।

थापाले सरकारलाई विश्वासको मत दिन नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार