Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिखित पत्र पठाउँदै कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरुलाई लिखित पत्र पठाउँदै विश्वासको मत मागेका छन् । कार्कीले नेकपा एमाले कोशी प्रदेश संसदीय दलको तर्फबाट पत्र पठाउँदै विपक्षी दलहरुसँग मत दिन आग्रह गरेका हुन् ।

बुधबार एमाले संसदीय दलको बैठकले अन्य राजनीतिक दलहरुसँग मत माग्ने निर्णय गरेको थियो । प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन भन्दै उनले लिखित आग्रह गरेका हुन् ।

प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटकपटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने बताउँदै कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार