Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले फर्किने तयारीमा धरानका पूर्वमेयर मेन्याङ्बो, बालकोट पुगेर ओलीसँग भेट



विराटनगर : धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेकपा एमालेमा फर्किने तयारीमा गरेका छन् ।

गत मंसिरमा सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेपछि उनी बागी उम्मेदवार उठेका थिए । त्यस क्षेत्रमा एमालेले आधिकारिक रुपमा अशोक राईलाई सहयोग गरेको थियोे ।

एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका मेन्याङ्बोलाई पार्टीले सदस्यसमेत नरहने गरि कारबाही गरेको थियोे । उनीमाथि भएको कारबाही फुकुवा भइसकेको छैन् ।

मेन्याङ्बोले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगे भेट गरेका छन् । उनले ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।

एमाले अध्यक्ष ओलीसँग भएको भेटमा सकारात्मक कुरा भएको उनले बताए । पार्टीमा सक्रिय भूमिकाका बारेमा आफूले अध्यक्षसँग कुरा गरेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार