विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले बाह्रौं नगरसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नगरसभाबाट आर्थिक वर्ष २०८०–०८१ का लागि रु ७३ करोड ४० लाख ३५ हजार ४ सय ६ रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
आइतबार बाह्रौं नगरसभामा रतुवामाईकी उपप्रमुख दमयन्ता चुडालले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
अघिल्लो आर्थिक वर्षमा रतुवामाईको बजेट ७३ करोड २४ लाख ८१ हजार ९ सय १० रुपैयाँको रहेको थियो ।