Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओखलढुंगामा पहिरोमा पुरिँदा एकै परिवारका चार जनाको मृत्युु



विराटनगर : ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।  भने एक जना बेपत्ता छन् ।

जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, १८ महिने छोरी कृतिका गुरुङ र १० वर्षीय दिनेश गुरुङको मृत्यु भएको हो ।

ओखलढुंगाका प्रदेशसभा सदस्य प्रदीप सुनुवारका अनुसार पहिरोका कारणा चम्पादेवीका दर्जनौं घरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार