विराटनगर : नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चालाई एडल्ट क्लबको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रश्न गरेका छन्, यो राजनीतिक मोर्चा कि एडल्ट क्लब ?
एसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो मोर्चा भएको भट्टराईले बताए । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी मिलेर बनेको समाजवादी मोर्चाको ईतिहासको बखान भएपनि भविष्यको कुनै सपना नहुने बताए ।
उनले लेखेका छन्, ‘नाम समाजबादी मोर्चा ! समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तरास्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२र ६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोण लगायतमा वहाँका विचमा एकरुपता छ ?’
हेर्नुहोसु उनको स्टाटस :
राजनीतिक मोर्चा कि एडल्ट क्लब ?
नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादब नेतृत्वको जसपा अनि विचमा प्रचण्ड र माधब नेपाल ।
नाम समाजबादी मोर्चा !
समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तरास्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२/ ६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोण लगायतमा वहाँका विचमा एकरुपता छ ?
एसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ ईतिहासको बखान हुन्छ तर भविष्यको कुनै सपना हुँदैन ।
हेर्दै जाऊँ ?