Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता विना निष्कर्ष टुगिंयो



विराटनगर : कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलनरत पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । सोमबार विहानबाट विराटनगरस्थित बिग होटलमा सुरु भएको वार्ता करिब पँच घण्टापछि निष्कर्षबिना टुंगिएको हो ।

प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण रहेको जानकारी दिए । उनका अनुसार दुई पक्षबीच पुनः वार्ता बस्ने छ ।

पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायत उपस्थित छन भने सरकार पक्षबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार