Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौती– तपाई बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ



काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले चेतावनी दिएका हुन् ।

उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरु त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै उनले अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पारे ।

सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको नेता पाण्डेको भनाइ छ । उनले भने, ‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले पाँच वर्षका लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ, तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ ।’

उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार