Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारले धरानको खानेपानीलाई बजेट विनियोजन गरेपछि हर्क साम्पाङ खुसी



विराटनगर : कोशी प्रदेश सरकारले धरानमा खानेपानीका लागि बजेट विनियोजन गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खुसी भएका छन् ।

बिहीबार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

अध्यादेशमार्फत बजेट ल्याएका मुख्यमन्त्री कार्कीले धरानको खानेपानीलाई बजेट छुट्याएपछि मेयर हर्क साम्पाङ खुशी हुँदै सामाजिक संजाल फेसबुकमार्फत प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘प्रदेश सरकारलाई हार्दिक धन्यवाद ।’

स्वतन्त्रबाट धरानको मेयरमा निर्वाचित भएका हर्क खानेपानी समस्याको अन्त्य गर्न लागि परेका छन् । पछिल्लो समय कोकाहाबाट खानेपानी ल्याएका साम्पाङ चौतर्फी प्रशांसा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार