Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज



विराटनगर : कोशी प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिालयले जनाएको छ ।

नेकपा एमालेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

मंगलबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गर्दै प्रदेशसभालाई सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार