Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईको जनता माविमा विज्ञान प्रयोगशाला सञ्चालन



विराटनगर : मोरङको रतुवामाई नगरपालिका-९ ठकठकियामा रहेको जनता माध्यमिक विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । रतुवामाई नगरपालिकाको ६ लाख ५० हजार रुपैयाँको सहयोगमा विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

समयसापेक्ष विज्ञान प्रविधिको प्रयोगसँगै विद्यालयमा विज्ञान प्रयोगशाला जडान गरिएपछि विद्यार्थीको पठनपाठन गुणस्तरीय र प्रभावकारी बन्ने विद्यालयका प्रधानाध्यापक इश्वर खनालले बताए ।

जनता माविमा यसवर्षदेखि कक्षा १० सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ । विद्यार्थीको सहजताका लागि विद्यालयले यही शैक्षिक सत्रबाट गाडीकोसमेत व्यवस्था गरेको छ ।

विद्यालयमा अहिले चार सय २ जना विद्यार्थी रहेका छन् भने १८ जन शिक्षक कर्मचारी कार्यरत छन् ।

यस्तै आइसिटी प्रयोगशाला बनाउन विद्यालयले लागि परिरहेको छ । यो प्रयोगशाला अडिओ–भिजुअल प्रस्तुतीकरणका लागि प्रयोग हुन्छ । इन्टरनेटको मद्दतले गुगलमा खोजेर निकालेका उपयोगी सामग्री र पावर प्वाइन्ट स्लाइड यसमा डिस्प्ले गरिन्छ । यसले विद्यार्थीको सिकाइ प्रभावकारी बनेको प्रधानाध्यापक खनालको भनाइ छ । आइसिटीसँग जोडेर प्रभावकारी शिक्षण गर्न स्मार्ट बोर्ड प्रयोग गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार