Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महेन्द्र मोरङमा लफडा : क्याम्पस प्रमुखसहित ६ जना कार्यकक्षमा थुनिए



विराटनगर : कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्रशासन र विद्यार्थीबीच समस्या उत्पन्न भएको छ ।

क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियनलाई बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई कार्यकक्षमै थुनिदिएका छन् ।

विद्यार्थीले क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरेलाई कार्यकक्षमा थुनेका हुन् ।

क्याम्पस प्रशासनले आफूखुसी मनपरि काम गर्न थालेको भन्दै विद्यार्थीले शुक्रबार दिउँसो २ बजे उनीहरूलाई कार्यकक्षमै थुनेका थिए ।

स्ववियु सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई वेवास्था गरेर क्याम्पस प्रशासनले आफु खुशी मनपरीतन्त्र चलाएकोले त्यसको विरुद्ध थुनिएको बताए ।

सभापति पौडेलले सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी युनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण उनीहरुलाई थुनिएको बताए ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित ६ जनालाई थुनेपछि क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार