Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा खुल्यो जग्गाको कित्ताकाट



  • कैलाश चापागाईँ

विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते उक्त प्रतिवेदन पारित गरी कार्यापालिकमा पठाएको थियो । कार्यपालिकाले जेठ १४ गते परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको हो ।

भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम पारित भएको रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर राजलवटले जानकारी दिए ।

जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय बेलबारी र रंगेलीलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उनको भनाइ छ । रतुवामाईमा जग्गाको कित्ताकाट रोकिँदा सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार