Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश: बैठक अनिश्चितकालका लागि स्थगित, अध्यादेशबाट बजेट ल्याउने तयारी



विराटनगर : कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा सभामुख  बाबुराम गौतमले अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको जनाएका छन् ।

प्रदेशसभा सचिवालयले सभामुख गौतमको निर्णय बमोजिम मंगलबार सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरेको हो ।

सरकारले आउँदो वर्षको बजेटको बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नीति तथा कार्यक्रम पारित नहुने अवस्था सृजना भएकाले बिज्नेश अभावमा सभामुख गौतमले प्रदेशसभा बैठक स्थगित गरेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले प्रदेशको बजेट अध्यादेशमार्फत ल्याउने तयारी थालिएको स्रोतको भनाइ छ । त्यसका लागि सरकारले बजेट अधिवेशन अन्त्य गरेर मात्रै अध्यादेशमार्फत बजेट ल्याउन पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार