विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पठाइसकेका छन् ।
समर्थन फिर्ता लिएसँगै माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।
सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।