विराटनगर : जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
सुनसरीमा आज बसेको जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री छिन् ।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ ।