Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा भएको पहिचानवादी र प्रहरीको झडपमा ५३ जना घाइते



विराटनगर : कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र सुरक्षाकर्मीबीच प्रदेशसभा नजिकै झडप हुँदा ५३ जना घाइते भएका छन् ।

आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोडेर घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको थियो । सुरक्षा व्यवस्थामा खटिएका प्रहरी लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।

मोरङ प्रहरी स्रोतका अनुसार झडपमा परी ५३ जना घाइते भएका छन् । सुरक्षाकर्मीतर्फ ३६ जना र आन्दोलनकारीतर्फ १७ जना घाइते भएको उभएका हुन् । झडपमा परेर नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार अझै घाइतेहरुको विवरण संकलनको काम भइरहेको छ । घाइतेको संख्या वृद्धि हुनसक्ने प्रहरीको अनुमान छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३८ राउण्ड हवाईफायर र ९१ सेल अश्रुग्यास प्रहार गरेको छ । यता, प्रदर्शनकारीहरुले भने बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित ढुंगामुडा प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार