विराटनगर : कोशी प्रदेशसभाकी सांसद कमला थापाले झापामा हात्तीको आतंक रोक्न सरकारलाई आग्रह गरेकी छिन् ।
आइतरबार प्रदेशसभाको शुन्य समयमा बोल्दै थापाले झापाको बुद्धशान्ति गाउँपालिकामा ५ का भीम बहादुर भटट्राईको केही दिनअघि मात्रै हात्ती आतंकाका कारण ज्यान गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
घटना किन भइरहेको छ भन्ने विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको उनले बताइन् । वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै स्वास्थय विमा प्रभावकारी नभएको भन्दै उनले त्यसको अनुगमनमा ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन् ।