विराटनगर : नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशसभा सदस्य कमलप्रसाद जगेबुले सरकारले बहुमतको आडमा अल्पमतको कदर गर्न बिर्सिएको आरोप लगाएका छन् ।
आइतबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले बहुमतका साथ नामकरण पास गरे पनि सरकारले अल्पमतको कदर गर्न बिर्सिएको आरोप लगाएका हुन् ।
उनले नामकरणपछि उत्पन्न भइरहेको विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न सरकारले वार्ता समिति गठन गर्नुपर्ने बताए ।
सरकारले आन्दोलनरत पक्षसँग वार्ता नगरेर महाभारतको लडाइ जस्तो परिस्थिति सिजर्ना गर्न खोजीरहेको जस्तो अनुभूति भइरहेको बताए । उनले सरकारलाई बहुमतको हुंकार नदेखाउनसमेत सुझाव दिएका छन् ।
‘आन्दोलनलाई मत्थर पार्न वर्तमान सरकार बहुमतको दम्भ नदेखाइ काम गरोस्,’ उनले भने, ‘ कतै सरकार महाभारतको लडाइ जस्तो परिस्थिति सिजर्ना गर्न खोजीरहेको त छैन् ?’