एमाले कोशी प्रदेश संसदीय दलको बैठक, फाइल तस्बिर
विराटनगर : कोशी प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन सुरु हुनु अगाडि एमाले संसदीय दलको बैठक सुरु भएको हो।
बजेट अधिवेशनका लागि आज दिउँसो दुई बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार बैठकमा आगामी नीति तथा कार्यक्रमको विषयमा छलफल हुने छ । बैठकमा बजेटको कार्यसूचिबारे समेत छलफल हुने उनले बताए ।
यस्तै प्रदेशको वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरिने भण्डारीको भनाइ छ ।