विराटनगर : सामान्य वर्षामै मोरङको रतुवामाईमा रहेको एक विद्यालय जलमग्न भएको छ ।
मंगलबार दिउँसो परेको पानीका कारण रतुवामाई ९ मा रहेको जनता माध्यमिक विद्यालय डुबानमा परेको छ । विद्यालय क्षेत्रको भाग होचो हुँदा सामान्य वर्षामै डुबान भएको हो ।
विद्यालय भएको उक्त स्थानमा ढल निकासको नभएको कारण पानीले निकास नपाउँदा हल्का वर्षा नहुँदै विद्यालय डुबानमा पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ईश्वर खनालले जानकारी दिए ।
यसअघिदेखि नै विद्यालयको ग्राउन्डमा माटो पुर्न र विद्यालय अगाडिको बाटोको पानी निकासको व्यवस्थापन गर्न नगरपालिका र वडा समितिको कार्यालयलाई हारगुहारे पनि कुनै सुनवाई नभएको उनीहरूको भनाइ छ । “सामान्य वर्षामै यस्तो गति भएको छ,” खनालले भने, “अब अझै ठूलो वर्षा हुँदा कस्तो होला?”
<खनालका अनुसार विद्यार्थी आवतजावत गर्ने बाटो र विद्यालय परिसर डुबान हुँदा पठनपाठनमा समस्या आएको छ । ‘विद्यालय अगाडिको बाटो पनि जलमग्न छ, ठूला विद्यार्थीले त जसोतसो आउलान् तर साना विद्यार्थी हिड्न नसक्ने गरी पानी जमेको छ,’ खनालले भने, ‘यस्तो अवस्थामा पठनपाठनमै समस्या आइरहेको छ ।’
यस्तै उनले समयमै डुबानको समस्या समाधान गरिदिन सरोकारवालाहरुसँग माग पनि गरेका छन् ।