Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कक्षा १० को पुस्तकबाट सन्दुक रुइतको जीवन हटाइएको विषयप्रति एमालेले उठायो प्रश्न



विराटनगर : कक्षा १० को पुस्तकबाट डा. सन्दुक रुइतको जीवन हटाइएको विषयप्रति एमालेले संसदमा प्रश्न उठेको छ। मंगलबार संसदमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले पाठ्यपुस्तकबाट रुइतको जीवनी किन हटाइयो भन्दै प्रश्न गरेका छन् ।

उनले डा. रुइतको जीवन पढाउन आवश्यक रहेको बताए। ‘कक्षा १० को नेपाली पाठ्यपुस्तकमा ८ पृष्ठको डा। सन्दुक रुइतको जीवन पढाइन्थ्यो। जसलाई पाठ्यपुस्तकबाट हटाइएछ,’ सांसद पन्तले भने, ‘उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ। उहाँको जीवनी पढाउन आवश्यक ठानेर राखिएको थियो। जीवनी किन हटाइयो ? शिक्षामन्त्रीको जवाफ चाहियो।’

प्रतिक्रिया
सम्बन्धित समाचार