Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डिल्लीराम उप्रेती नियुक्त



फाइल तस्बिर

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरीषद् बैठकले उप्रेतीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी पुरा गरिसकेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस संयोजक महेन्द्र बिष्टले जानकारी दिए ।

यस्तै बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको बिष्टले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार