Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीए योजनाकार, सुजाता भन्छिन्- मेरो संलग्नता छैन



विराटनगर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले आफ्नो संलग्नता नभएको दाबी गरिन् ।

तर, कोइराला परराष्ट्र मन्त्री हुँदा सचिवालयमा रहेका मोरङका केशव दुलाल पक्राउ परिसकेका छन् । दुलाल यो प्रकरणका प्रमुख योजनाकारसमेत हुन् भने मोरङकै कांग्रेस निकट सागर राई पनि पक्राउ परेका छन् ।

पछिल्लो समय यो प्रकरणमा सुजाताको नाम जोडेर पनि समाचारहरु आइरहेको बेला उनले आफ्नो संलग्नता नभएको बताएकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, उनले भनिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार